आशा नहराउनु होस्!

१ जीवन सधै सजिलो हुँदैन

हामी सबैले जीवनको यात्रालाई थुप्रै सपनाहरू, लक्ष्यहरू, महत्वकाँक्षीहरू तथा अभिलाषाहरूसँग थालनी गर्दछौं। हामी बढो उत्साहवर्दक भएर हामीले के गर्ने हो, कता जाने हो र जीवनमा के हुन चाहने हो भन्ने योजनाहरूलाई तयार पार्दछौं। तर जीवनको यस यात्रामा कतै न कतै आँधिबेहरीमा पर्ने कुरामा हामी सबै निश्चित छौँ। जीवन सधै सजिलो हुँदैन। एउटा कथाको पुस्तकजस्तै जीवन सजिलो होस भनेर हामी सबैले चाहना गर्दछौं, तर यो सधै त्यस प्रकारको हुँदैन। अनपेक्षित चुनौतीहरू, कठिनाइहरू र अवस्थाहरू हाम्रा मार्गमा आइपर्दछन् । अनि यस्ता समयमा हाम्रा लक्ष्यहरू वा सपनाहरू हराएर गएजस्तै देखिन्छ। कहिलेकहीँ हामी आफैले आफैलाई यस्तो परिस्थितिहरूका माझमा भेट्टाउँछौं कि मानौं अवस्था आशाविहिन रहेको छ। हामी आशा गुमाउने प्रवृत्तिमा हुन्छौं। हामी त्याग्ने प्रवृत्तिमा हुन्छौं। अनि हामी यसरी सोच्न थाल्दछौं, “मैंले कहिल्यै पनि यसलाई समाधान गर्न सक्दिनँ” वा “म कहिल्यै पनि मेरो लक्ष्यमा पुग्न सक्दिनँ।” हाम्रा लक्ष्यहरूमा कहिल्यै पुग्न सकिँदैनँ कि भनेर हामी निराश हुन्छौं।

कहिलेकहीँ जीवनले त्यस्ता अनपेक्षित मोड वा परिस्थितिलाई लिनपुग्छ जसलाई सामना गर्न हामी पूर्ण रुपमा तयारी भएका हुँदैनौं। हामीले आफैंलाई बाटोको अन्त्यतिर आइपुगेको र अब कतै घुम्ने ठाउँ नभएको अवस्थामा पाउन सकौंला। तपाईमध्ये कतिले यो पुस्तकलाई पढ्ने क्रममा आफैनै आशाविहिन अवस्थाको मध्यस्थतामा हुनुभएको होला। यो तपाईको काम, पेशा, शिक्षा, घर, विवाह वा पारिवारिक कुरासँग सम्बन्धीत हुन सक्ला। जीवनका थुप्रै कुराहरू गलत मार्गतिर गएको हुन सक्छन् । तर म तपाईहरूलाई उत्साह दिँदै यो भन्छु कि बाइबलको परमेश्वर आशाविहिन र मरेतुल्य अवस्था तथा मरेकाहरूलाई जीवन दिने विशेषज्ञ हुनुहुन्छ। उहाँ आशाविहिन अवस्थालाई परिवर्तन गर्ने विशेषज्ञ हुनुहुन्छ। आमेन् । तपाईको पक्षमा उहाँ हनुहुन्छ भने तपाईले निराशामा आशा गर्न सक्नुहुन्छ। यहाँसम्म कि सबै कुरा आशाविहिन जस्तो देखिएको अवस्थामा पनि तपाई विजयी भएर निक्लन सक्नुहुन्छ। यो पुस्तकले उत्साहको सरल शब्दहरूलाई ल्याउँछ र हामीलाई आशा नगुमाउन उपदेश दिन्छ।

आशा राखिनुको महत्व

आशा राखिनु अतिनै महत्वपूर्ण छ। 'आशा' भनेको अपेक्षा, प्रत्याशा, हामीले अघि हेर्ने कुनै कुरा, चाहना, सपना वा आकांक्षा हो। इसाई जीवनको एउटा महत्वपूर्ण पक्ष भनेको आशा हो। हाम्रो इसाई हिँडाईमा तीन महत्वपूर्ण कुराहरूलाई बाइबलले समावेश गरेको छ। तीमध्ये एउटाचाहिँ आशा हो।

“अनि अब यी तीन कुरा रहन्छन् : विश्वास, आशा र प्रेम तर ती तीनमा प्रेम नै सर्वोत्तम हो (१ कोरिन्थी १३:१३॥)

      बाइबलको परमेश्वर मरेकाहरूमा तथा मरेतुल्य र आशाविहिन
      जस्तै देखिने अवस्थाहरूमा जीवन ल्याउने विशेषज्ञ हुनुहुन्छ ।
      उहाँ आशाविहिन अवस्थालाई परिवर्तन गर्नेविशेषज्ञ हुनुहुन्छ ।
      बाइबलको परमेश्वरलाई तपाईको अवस्था परिवर्तन गर्न दिनुहोस् ।
      

२ आशा- हाम्रो इसाई जीवनको महत्वपूर्ण अंश हो

विश्वासीहरू भएका हुनाले हामी आउनेवाला थुप्रै कुराहरूको आशा राख्दछौँ।

अनन्त जीवनको आशा

“अनन्त जीवनको आशामा अडेको त्यो विश्वास र ज्ञान, जसलाई झूट नबोल्नुहुने परमेश्वरले सनातनदेखि नै प्रतिज्ञा गर्नुभएको थियो (तीतस १:२)॥"

हामी अनन्त जीवनको आशा गर्दछौं। जबकि अनन्त जीवन भनेको हाम्रो आत्मामा हुने कुनै कुरा भए तापनि, हामीले यसैको प्रतिक्षा पनि गर्दछौँ।

महिमाको आशा

“यस रहस्यको महिमामय सम्पत्ति, जुन खीष्ट तिमीहरूभित्र हुनुभएको अर्थात् महिमाको आशा हो, त्यो गैर-यहदीहरूलाई जनाउनको लागि परमेश्वरले तिनीहरूलाई चुन्नुभएको छ (कलस्सी १:२७)”

खीष्ट हामीमा महिमाको आशा हनुहुन्छ। उहाँ आउनेवाला संसारमा हुने जीवनको लागि हाम्रो आशा हुनुहुन्छ। त्यो संसार अहिलेको वर्तमान संसारभन्दा अतिनै असल हुनेछ। हामी परमेश्वरसँग स्वर्गमा उहाँको उपस्थितिमा बस्ने कुराको अपेक्षा गरिरहेको छौँ।

मुक्तिको आशा

“तर हामी दिनका हुनाले विश्वास र प्रेमका छाती-पाता अनि मुक्तिको आशाको टोप लगाएर हामी संयमी होऔं” (१ थेस्सालोनिकी ९१:०५)

“आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् अनि येशू ख्रीष्ट प्रकट हुनुहँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस् ! तिमीहरूले देखेका छैनौं तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्दैनौं, तापनि उहाँमाथि विश्वास गर्छौ अनि अवर्णनीय र महिमित आनन्दमा रमाउँछौ अनि तिमीहरूका विश्वासको फल अर्थात् तिमीहरूले आत्माको मुक्ति पाउँछौ” (१ पत्रुस १:७-९)॥

मुक्ति अहिले शुरु हुन्छ, अनि हाम्रो मुक्तिको त्यो अंश पनि रहेको छ जसको हामी अपेक्षा गर्दछौं।

खीष्टमा फर्काइको आशा

“साथै त्यस धन्य आशाको, हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू खीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ (तीतस २:१३)”

पुनर्जीवनको आशा

“ध्र्मीर अधर्मी दुवै मृतकबाट पुनर्जीवित हुन्छन् भन्ने आशा यिनीहरूमा छ, त्यस्तै आशा म पनि परमेश्वरमा राख्छु (प्रेरित २४:१५)”

३ आशाको महत्व

हाम्रो दैनिक जीवनमा आशा हुनु एकदमै महत्वपूर्ण छ। हामी आशाविहिन अवस्थाहरूमा पनि भरपूर आशा राख्ने मानिसहरू हुनुपर्दछ। निरन्तर रुपमा आशा राखिनु कतिको महत्त्वपूर्ण छ भन्ने थुप्रै कारणहरू रहेका छन्।

क्षीण आशाले भित्री मान्छेलाई कमजोर पार्दछ

“क्षीण हुँदै गरेको आशाले हृदयलाई दुर्बल पार्छ, तर पूरा भएको चाहना जीवनको रूख हो (हितोपदेश १३:१२)”

कहिलेकहीँ हामीले आशा गरेको कुराहरू पाउनमा ढिलाइ हुन्छ। कुनै निश्चित वर्षमा हामी कुनै निश्चित कुरा पूरा गर्नेछौं भनेर आशा गर्दछौं, तर उक्त वर्षको अन्त्यतिर पनि त्यो पूरा नभएको हुन सक्नेछ। हामीले आफैलाई अर्को वर्ष त्यो कुरा शायद पूरा हुनेछ भनेर भनौंला अनि त्यो अझैसम्म पनि नहोला। जसरी आशा गरिएको कुरा प्राप्त गर्नमा ढिलाइ हुन्छ, भित्री मान्छेले पूर्ण रुपमा आशा गुमाउन थाल्दछ र कमजोर हुन्छ। अनि अर्कोतिर जब हामीले आशा गरेका कुरालाई पाउँछौं, तब त्यो जीवनको रुख जस्तै हुन्छ। यसले हामीलाई ताजा एव जोशिलो बनाउँछ। हामी ताजा र नयाँ भएको महशुस गर्दछौं। हाम्रो विश्वास आकासिन्छ। हामी प्रेरित हुन्छौं र अघि बढ्न सक्षम हुन्छौं।

आशा भनेको आत्माको लङ्गर हो

“यो आशा हाम्रो आत्माको निम्ति निश्चित र स्थिर लङ्गरको रूपमा छ... (हिब्रू ६:१९)”

आशा भनेको आत्माको लङ्गर हो। 'आत्मा' भन्ने शब्दले विचार, इच्छा र भावनालाई सङ्केत गर्दछ। यहाँ आशालाई आत्मासँगको सम्पर्कको भूमिकामा वर्णन गर्नको लागि जहाजलाई एक ठाउँमा अड्याउनको लागि कसरी लङ्गर खसाइन्छ भन्ने रुपको प्रयोग भएको छ। जब लङ्गरलाई समुद्रमा खसाइन्छ, तब आँधिबेहरी आएको बेलामा पनि जहाजलाई स्थिर पार्न सकिन्छ।

बाइबलले आशा हाम्रो आत्माको निम्ति लङ्गर हो भनेर बताउँछ। यसको अर्थ यदि मसँग आशा हुँदैन भने मेरो आत्मा—मेरा इच्छा, भावना तथा विचारलाई कठिनाइको समयमा स्थिर पार्न आवश्यक शक्ति हुँदैन। जब मानिसहरूले पूर्ण रूपमा आशालाई हराउँछन्, तब जीवनको आँधिबेहरीले अघि बढ्नमा रोक लगाएको जस्तै देखिन्छ। उनीहरू निराश हुन्छन् र सजिलैसँग सङ्घर्ष गर्नलाई छोड्छन्। उनीहरू अब बाँच्नको लागि कुनै कारण नै नभएको जस्तो सोच्न थाल्दछन्। उनीहरूका दिमाग आशाविहिन विचारहरूले भरिन थाल्दछ। यस्तो अवस्थामा धेरैले आत्महत्या पनि गर्न पुग्छन्। त्यसैकारणले अति नै कठिनाइको माझमा पनि आशा नगुमाउनु अति नै महत्वपूर्ण हुन्छ। आशा भनेको आत्माको लङ्गर हो।

आशा भनेको विश्वासको अग्रदूत हो

“अब विश्वास, आशा गरिएका कुराको निश्चयता र नदेखिएको कुराको दृढ भरोसा हो (हिब्रू ११:१)”

आशामा विश्वास आश्वचित भएको कारणले यो महत्वपूर्ण छ। आशा विश्वासभन्दा अघि आउने गर्दछ। हामीसँग आशा भएपछि मात्र विश्वास आउने गर्दछ।

मानौं एउटा अत्यन्तै गम्भीर बिमारी रहेको छ र उसको डाक्टरले उसलाई सहायता गर्नको लागि चिकित्सा विज्ञानले केही पनि गर्न नसक्ने र अब केही दिन मात्र बाँच्छ भनेर भन्यो। यस्तो अवस्थामा अधिकांश मानिसहरूले आफ्नो आशालाई त्याग्छन्। उनको विचार अन्तिम शब्दहरू, तस्बिरहरू तथा दाहसंस्कार जस्ता कुराहरूले भरिन्छ।

जब कुनै व्यक्तिले आशालाई त्याग्दछ, तब विश्वासले पनि काम गर्दैन किनकि “विश्वास भनेको आशा गरिएको कुराको निश्चयता हो।” जब कुनै व्यक्तिले चंङ्गाई हुने आशा पनि गर्दैन भने, उसले परमेश्वरबाट चंङ्गाई पाउने विश्वास राख्न अति नै कठिन हुन्छ। बिमारी व्यक्तिले आफैलाई मृत्युशैयाबाट निको हुँदै उठेर हिँडेको परिकल्पना गर्नुपर्दछ। डाक्टरहरूले आशा त्यागिसकेका भए तापनि, स्वर्गको परमेश्वरले चंङ्गाई गर्न सक्नुहुने कुरामा उसले आशा गर्न सक्नुपर्दछ किनकि उहाँले त्यसो गर्न अति नै इच्छुक हुनुहुन्छ। पूर्ण रुपमा चंङ्गाई पाउने आशा राख्नाले, चंङ्गाई ल्याउने कुरामा विश्वासले प्रमुख भूमिका निभाउनमा सक्षम पार्नेछ।

४ आशाविहिन अवस्थालाई परिवर्तन गर्ने परमेश्वर

चाहे हामी जस्तोसुकै परिस्थिति वा आशाविहिन अवस्थामा किन भएका नहोङ, हाम्रो परमेश्वर आशाविहिन अवस्थालाई परिवर्तन गर्ने विशेषज्ञ हुनुहुन्छ भन्ने कुरा हामीलाई सधै स्मरण रहोस्‌। आमेन्‌! शायद तपाईको आशाविहिन अवस्था भनेको तपाईको विवाह, काम, सन्तानहरू, आर्थिक कुराहरू, पेशा, शिक्षा वा अन्य कुनै कुरा हुन सक्लान्‌। चाहे जेसुकै किन नहोस्‌, हाम्रो आशाविहिन अवस्थालाई परिवर्तन गर्न सक्ने परमेश्वरको सेवकाइमा हामी छौं भन्ने कुरामा केन्द्रित हुनुहोस्‌। त्यसैकारणले हामीले आशालाई त्याग्नुपर्ने आवश्यकता छैन्‌। आउनुहोस्‌ हामी परमेश्वरले आशाविहिन अवस्थालाई परिवर्तन गर्नु भएका केही बाइबलका परिचित उदाहरणहरूलाई हेरौँ।

गरीब महिला

आफूसँग दुईओटा छोराहरू र ठूलो क्रणलाई छोडेर आफ्नो पति बितेका एक महिलालाई लिऔ (२ राजाहरू ४:१-७)॥ उनका साहुजीहरूले दैनिक रुपमा आएर पैसा माग्ने र उनका बच्चाहरूलाईलैजाने धम्की दिने गर्दथे। साँच्चै यो महिलाको अवस्था आशाविहिन थियो। उनी परमेश्वरका सेवक एलिशाकहाँ पुगिनँ र आफ्ना सबै दुर्दशाहरूलाई बताउँदै मदत मागिनँ। तिनले उनीसँग घरमा के छ भनेर सोधे। केवल एउटा भाँडामा अलिकति मात्र तेल भएको कुरा उनले तिनलाई बताइन। एलिशाले तिनलाई गएर जतिसक्दो भाँडाहरू बटुल्ने र उनीसँग भएको तेल सबै भाँडामा खन्याउने निर्देशन दिए। अच्चम प्रकारले तेल बढ्यो र सबै भाँडाहरू तेलले भरिए। त्यसपछि एलिशाले सबै तेललाई बेचेर उनको सबै त्रणहरू तिरीदिने र नयाँ जीवन शुरुवात गर्ने निर्देशन दिए। यो महिलाको आवश्यकतालाई अच्चम प्रकारले प्रदान गरेर परमेश्वरले आशाविहिन अवस्थालाई परिवर्तन गर्नुभयो।

विवाह भोजमा अचम्को काम

विवाह भोजका निमन्त्रकले भोजमा दाखमद्च सकिएको थाहा पाए। यो सामान्य जस्तो अवस्था देखिए तापनि, आशाविहिन अवस्था रहेको थियो। अब के गर्नेहो भनेर जब सबै मानिसहरू अत्तालिरहेका बेलामा येशूको आमा मेरीले विवाह भोजका नोकरहरूलाई भनिन, “येशूले जे गर्नु भनेर भन्नुहुन्छ, त्यसै गरा” येशूले पानीको भाँडाहरूमा पानी भर्ने र त्यसपछि पाहुनाहरूलाई दिनु भनेर भन्नुभयो। त्यो पानी अलौकिक तरिकाले दाखमय्चमा परिणत भयो र विवाहमा भएका सबैले प्रशस्तसँग पिए (यूहन्ना २१-११) अच्चम प्रकार को प्रबन्धको यो अर्को उदाहरण हो ! परमेश्वरको परामर्शलाई सुन्ने र उहाँले भन्नुभएको कुरालाई गर्नाले आशाविहिन अवस्था परिवर्तन हुनसक्छ

आशाविहिन रातपछिको बिहानी

लूका ५ मा हाम्रो लागि प्रभु येशूले देखाउनुभएको व्यवसायिक अच्चमको काम रहेको छ। पत्रुसले उनका व्यवसायिक साझेदारीहरू याकूब, यूहन्ना र अन्द्रियाससँग माछा व्यापार गर्थे। तिनीहरू मछुवालाहरू थिए। एक दिन उनीहरूले रातभरि समुन्द्रमा विताए र पनि केही माछा पक्रन सकेका थिएनन्‌। अर्को दिन जब उनीहरू किनारतिर आए, येशू प्रभुले उनीहरूलाई भेट्नुभयो। उहाँको उपदेशलाई सुन्नको निम्ति भेला भएका मानिसहरूलाई प्रचार गर्न उहाँले तिनीहरूका डुङ्गालाई प्रयोग गर्ने अनुरोध गर्नुभयो। उहाँले वचन प्रचार गरिसक्नु भएपछि पत्रुसलाई पुनःएकपटक माछा पक्रन समुन्द्रमा जाने आज्ञा दिनुभयो। पत्रुसले जवाफ दिए, “गुरुज्यू ! हामीले रातभरि मेहनत गर्यौ तर एउटै पनि माछा पक्रन सकेनौं। तर जेहोस्‌, तपाईको आज्ञाअनुसार म फेरि एकपटक जाल फ्याँक्छु” (लूका ५:५) आफ्नो कोशिशले केही पनि परिणाम नल्याएको कुरा पत्रुसलाई थाहा थियो। तरैपनि येशूले भन्नुभएको कुरा गर्न उनी इच्छुक भए।

प्रभुको एउटा वचनले आशाविहिन अवस्थालाई परिवर्तन गरिदियो। येशू प्रभुले भन्नुभएको कुराषति पत्रुसको स्पष्ट आज्ञाकारिताले उसको जीवनमा 'आर्थिक अच्चमको काम' ल्याइदियो।

इस्राएली राष्ट्‌

यहूदी मानिसहरू सम्पूर्ण विश्वभरि नै छरपुष्ट भएर फैलिएका थिए। यहूदी मानिसहरूमा एक किसिमको आशाविहिन अवस्था छाएको थियो। इजकिएल २७ अध्यायमा इस्राएलीहरूको अवस्थालाई देखाउनको लागि परमेश्वरले इजकिएललाई सुकेको हीहरूका मैदानको दर्शन दिनुभयो। “हे मानिसको पुत्र, यी हाडहरू इस्राएलका सम्पूर्ण घराना हुन्‌। तिनीहरू भन्छन्‌, 'हाम्रा हाडहरू सुकिगएका छन्‌ अनि हाम्रो आशा गइसकेको छ, हामी नाश भएका छौं (इजकिएल ३७:११)”

त्यसपछि परमेश्वरले सुकेका हीहरूलाई अगमवाणी बोल्नको लागि निर्देशन दिनुभयो। “यसकारण अगमवाणी गरेर तिनीहरूलाई भन्‌: 'सर्वसत्ताधारी परमप्रभु यसो भन्नुहुन्छ; हे मेरा मानिस हो, म तिमीहरूका चिहानहरू उधार्न र तिमीहरूलाई तीबाट माथि ल्याउन लागेको छु; म तिमीहरूलाई इस्राएलको देशमा फर्काएर ल्याउनेछु (इजकिएल ३७१२)” अगमवक्ताद्वारा, परमेश्वरले यहूदी मानिसहरूको पुर्नःभेला र इख्राएललाई राष्ट्रको रुपमा पुनःस्थापित गर्ने कुरा अगमवाणी गर्नुभयो। परमेश्वरले उहाँको वचनलाई पूरा गर्नुभयो अनि में १४, १९४८मा इस्राएल एउटा राष्ट्रको रुपमा घोषित भयो। संसारैभरिबाट यहूदीहरू आफ्नै भूमिमा फर्कन थाले।

त्यसैकारणले हामीले आशाविहिन अवस्था भनेर लिने कुरालाई पर मेश्वरले परिवर्तन गर्न सक्नुहुन्छ। परमेश्वरले अवस्थालाई परिवर्तन गर्नको लागि 'चिहानहरू' उघारेर 'सुकेका हीहरूमा' जीवन हाल्न सक्नुहुन्छ र त्यसो गर्नउहाँ इच्छुक पनि हुनुहुन्छ।

अब्राहाम र सारा

परमेश्वरले अब्राहम र सारालाई उनीहरूका आफ्नै सन्तान जन्मनेछ भनेर प्रतिज्ञा गर्नुहुँदा, उनीहरू धेरै उमेरका भैइसकेका थिए। उहाँले तिनीहरूलाई छोरा दिने र त्यस छोराबाट आकाशका ताराहरू र समुन्द्रका किनारको बालुवाहरू जतिकै असंख्यीय सन्तानहरू हुने प्रतिज्ञा गर्नुभयो। जब उनीहरूले आफ्ना सन्तान हुने कुरा थाहा पाए, उनीहरू आशाविहिन परिस्थितिमा भए किनकि यतिका बर्षसम्म उनीहरूका कुनै सन्तान थिएनन्‌। अब्राहम ९९ बर्षका थिए भने यतिका बर्षसम्म साराको कोख बाँझो भएको हुनाले, उनीहरूका अवस्था आशाविहिन थियो।

यो अवस्थाबारे बाइबलले यसरी भनेको छ:

“जसरी लेखिएको छ: मैंले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु। जुन परमेश्वरको उपस्थितिमा उनले विश्वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका कुरालाई अस्तित्वमा ल्याउनुहुन्छ। जसले तेरा सन्तान यस्तै हुनेछ भनी भनेका हुनाले धेरै जातिहरूका पिता हुनलाई निराशामा पनि आशा राखेर विश्वास गरे (रोमी ४:१७-१८)।”

यो हामीलाई पछ्याउन दिइएको ठूलो उदाहरण हो। अब्राहमले “नाशामा आशापूर्ण विश्वास गरे।” जब त्यहाँ आशा राखिनुपर्ने कुनै कारण नै थिएनन, तब पनि परमेश्वरले भन्नुभएको कुरामा आशा राख्दै उनले त्यसमा विश्वास गरे । अनि उनले आशासाथ विश्वास गरेका कारणले, “जे बोलिएको थियो त्यसैअनुसार उनी हुन गए।”

जब परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ, कहिल्यै पनि यसरी नभन्नुहोस्‌, “परमेश्वर यो प्रतिज्ञा हास्यस्पद छ।” यो हास्यस्पद हुन सक्दैन किनकि हाम्रो परमेश्वरले मरेकाहरूलाई जीवन दिनुहुन्छ। त्यसेकारणले जब परमेश्वरले तपाईलाई कुनै प्रतिज्ञाको वचन बोल्नुहुन्छ, तब परिस्थिति जस्तोसुकै आशाविहिन जस्तो किन नदेखियोस्‌, तब उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ, त्यही परमेश्वरले तपाईसँग बोल्दै हुनुहुन्छ भन्ने कुरा नविर्सनुहोला अनि उहाँले जस्तोसुकै परिस्थितिलाई पनि त्यहाँ कहिल्यै पनि त्यस्तो नभएको जस्तोगरी परिवर्तन गर्न सक्नुहुन्छ। परमेश्वरले कुनै परिस्थितिलाई अझ असल बनाउन मात्र सक्नुहुने होइन, तर उहाँले त्यसलाई पूर्ण रुपमा परिवर्तन पनि गर्न सक्नुहुन्छ ! उहाँले कहिल्यै पनि अस्थित्वमा नभएको कुरालाई पनि अस्तित्वमा ल्याउन सक्नुहुन्छ। अहिले तपाईको घरमा शान्ति नहुन सक्ला तर परमेश्वरले त्यो ल्याउन सक्नुहुन्छ। तपाईको शरीरमा चंङ्गाई नभएको हुन सक्ला तर परमेश्वरले त्यो ल्याउन सक्नुहुन्छ। तपाईको घरमा, काममा वा पेशामा सफलता नभएको हुनसक्ला तर परमेश्वरले त्यो ल्याउन सक्नुहुन्छ।

५ आशाविहिन अवस्थामा आशाको लागि आधार

आशाविहीन अवस्थामा आशाको आधार के हुन सक्ला? के यो दिनमा देखिने कल्पना मात्र हो? के यो वास्तविकतालाई माथी गराउने विचारको प्रश्नमात्रै हो? के यो सकरात्मक हुने कुरा मात्रै हो? के यो सकारात्मक हुने र सकरात्मक बस्ने मानवीय कोशिश मात्रैहो?ः अति नै कठिनाइको परिस्थितिमा पनि हामीले आशा राख्न सक्नुको कारण भनेको परमेश्वर र उहाँको वचनको कारणले गर्दा नै हो।

“जसले तेरो सन्तान यस्तै हुनेछ” भनी भनेको हुनाले धेरै जातिहरूका पिता हुनलाई निराशा पनि आशा राखेर विश्वास गरे (रोमी ४:१८)”

विश्वास गर्ने कुनै कारण नै नभए तापनि परमेश्वरले भनेको कुरामा अब्राहमले विश्वास गरे। जब अवस्था आशाविहिन थियो, उनले अझै पनि विश्वास गरे। किन? किनकि परमेश्वरले विश्वास गर्नुभएको थियो। उनले “बोलिएको अनुसार" आशामा विश्वास गरे। त्यो नै आशाको निम्ति आधार थियो। परमेश्वरले बोल्नुभएको थियो अनि अवस्था आशाविहिन भएको भए तापनि, अब्राहामले सबैकिसिमका निराशाको कुराको बावजुत पनि विश्वास गरे।

परमेश्वर र उहाँको वचन हाम्रो विश्वासको आधार भयो

“हे परमप्रभु म तपाईंकै प्तीक्षा गर्छु, हे परमपभु, मेरा परमेश्वर, तपाईंले जवाफ दिनुहुनेछ (भजन ३८:१५)”
“म परमप्रभुलाई पर्खन्छु, मेरो प्राणले उहाँको बाटो हेर्दछ, अनि उहाँको वचनमा म आशा राख्दछु (भजन १३०:५)”
“दृढता र धर्मशास्त्रको उत्साहद्वारा हामीले आशा प्राप्त गर्नसकौं भनेर पहिले-पहिले लेखिएका क्रा हामीलाई शिक्षा दिन लेखिएका थिए (रोमी १५:४)”

परमेश्वर हाम्रो आशाको कारण, स्रोत र सामर्थ्य हुनुहुन्छ। हाम्रो आशाको लागि उहाँको वचन आधार हुन्छ। शास्त्रद्वारा हाम्रो हृदयमा धैर्यता र आनन्द ल्याउने हुनाले हामीले हाम्रो आशालाई कायम राख्न सक्छौँ।

भविष्यको लागि आशा

हामीले अहिलेसम्म पढेका कुराहरूका व्यवहारिक पक्षहरूलाई हेरौं। यो पुस्तकलाई पढ्ने तपाईहरूमध्ये कतिले “भविष्यको लागि मसँग कुनै आशा छैन्‌” वा “म धेरै टाढासम्म जान सक्छु जस्तो मलाई लाग्दैन। मेरो जीवनमा अझ धेरै कुराहरू हुन सक्दैनन्‌,” भनेर भनी रहन्‌ भएको होला। परमेश्वर र उहाँको वचनको कारण हामीले भविष्यको लागि आशा गर्न सक्छौं भनेर तपाईहरूले जान्नुभएको होस्‌ भन्ने म चाहान्छु उहाँको वचनले यसरी भनेको छ

“तर जसरी यो लेखिएको छ, आँखाले नदेखेका र कानले नसुनेका अनि मानिसले मनमा नसोचेका, यी नै क्रा परमेश्वरले उहाँलाई पेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ (१ कोरिन्थी २:९)”

हामीसँग भविष्यको लागि आशा छ। हामी भविष्यमा अच्चमलाग्दो काम देख्नेछौं भन्ने कुरामा आशावादी छौँ। किन ? परमेश्वरको वचनको कारणले हामी त्यसरी विश्वास गर्न सक्छौं किनकि परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति उहाँले यस्तो कुराहरू तयार पार्नुभएको छ भनेर वचनमा भनिएको छ।

“किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, ती तिमीहरूका उन्नतिको निम्ति हुन्‌, नोक्सानीको निम्ति होइनन्‌, तिमीहरूलाई आशा र भविष्य दिनलाई हो” परमप्रभु घोषणा गर्नुहुन्छ (यर्मिया २९:११)”

परमेश्वरको वचन नै हाम्रो आशाको निम्ति आधार हो। त्यसकारणले हामीले अझ असल भविष्यको लागि आशा गरिराख्न सक्छौँ। हाम्रो वर्तमान अवस्था हाम्रो अन्तिम गन्तव्यको सङ्केत होइन। परमेश्वरको वचनमा उहाँले प्रतिज्ञा गर्नु भएको कारणले हाम्रो भविष्य मजबुत, सफल र सुरक्षित हुन्छ भनेर आशा गर्न सक्छौँ। हाम्रो वर्तमान परिस्थितिहरूले हामीलाई निराशा पार्न हामीले दिँदैनौं।

सफल हुने आशा

तपाईमध्ये कतिले के जीवनमा कहिल्यै सफल हुन सकिएला र? भनेर नकरात्मक विचारहरू लिएर हिँडिरहन्‌ भएको हुन सक्ला। तपाईले कोशिश गर्नुभएका सबैकुराहरू अहिलेसम्म असफल भएका हुन सक्लान्‌। तपाईले परमेश्वरको वचनले भनेको कुरामा विश्वास गर्नुपर्दछ जस्तै:

“धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूका मार्गमा खडा हुँदैन, जो गिल्ला गर्नेहरूका बैठकमा बस्दैन। तर परमप्रभुको व्यवस्थामा नै त्यो प्रसन्न रहन्छ, र दिनरात त्यसले उहाँकै व्यवस्थामा नै ध्यान दिन्छ। खोलाको किनारमा रोपेको बोटजस्तै त्यो हुन्छ, जसले आफ्नो क््ृतुमा फल दिन्छ, अनि जसको पात कहिल्यै ओइलाउँदैन, त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ (भजन १:१-३)”

तपाईले आफैलाई फल फलेको रुखजस्तैकल्पना गर्नुहोस्‌। तपाईले आफैलाई तपाईले गर्ने सबै कुरामा सफल भएको व्यक्तिजस्तै हेर्नुहोस्‌। तपाईको जीवनको सम्बन्धमा यो परमेश्वरको वचन हो। त्यसैले परमेश्वर ले तपाईको जीवनमा के गर्न सक्नुहुन्छ भन्ने कुरालाई कुनै पनि परिस्थितिले नचोरोस्‌।

तपाईको सपनाहरूलाई पूरा गर्ने आशा

तपाईको सपनाहरूलाई कहिल्यै पूरा गर्न सक्दिन होला भनेर तपाईमध्ये कतिले आशालाई त्यागिसक्नु भएको होला। परमेश्वरको वचनले यसरी भनेको छ:

“परमप्रभुमा आनन्दित होर, र उहाँले तिम्रा मनोरथ पूर्ण गर्नुहुनेछ (भजन ३२७:४)।”

मेरा कल्पनाहरू कहिल्यै पूरा हुँदैनन्‌ होला भने जस्तो देखिने अवस्थाहरूमा म पुगेको थिएँ। म हर्किदैं रहेको बेलामा एकदिन मैले बैंगलोर शहरमा एउटा ठुलो मजबुत मण्डली बनाउनेछु जसले संसारभरि नै प्रभाव पार्नेछ भनेर सपना देखेको कुरा मलाई स्मरण छ। विभिन्न किसिमका घटनाहरू घटे र मैंले मेरो यो सपना कहिल्यै पनि पूरा गर्न सक्दिन जस्तो सोचले मलाई डोच्यायो। यो केवल सपनामा मात्रै सीमित रहन गएको जस्तै देखिन्थ्यो। यस्तो देखिन्थ्यो कि म कहिल्यै पनि त्यसतर्फ अघि बढ्न सक्दिन जस्तो लाग्दथ्यो। तरैपनि मैंले कहिल्यै पनि मेरो आशालाई हराएको थिइन किनकि उहाँको वचनले मलाई “भविष्य र आशा” दिनुहुने र उहाँले “आँखाले नदेखेका र कानले नसुनेका” कुराहरू तयार पार्नुभएको छ भनेर भनेको मलाई थाहा थियो। यदि म उहाँमा आनन्दित भएँ भने उहाँले मेरो हृदयको चाहनालाई दिनुहुने कुरा पनि उहाँको वचनले भनेको छ। मेरो अवस्था झन झन खराब भएर गए तापनि, उहाँको वचन सधै एकनास नै रहेको छ। मैंले उहाँको वचनलाई पक्रिराखे। उहाँको वचननै मेरो आशाको निम्ति आधार भयो। अनि आज यो सपना साकार भएको मैंले पाएको छु हलेलूयाहा

तपाईको सन्तानहरूका लागि आशा

तपाईमध्ये कतिले आफ्ना सन्तानहरूबारे आशा गुमाउनु भएको हुन सक्ला। तपाईले उनीहरूलाई राम्रोसँग तालीम दिनुभएको र परमेश्वरको वचनबाट सिकाउँनुभएको होला, तर अहिले उनीहरू जीवनको यस्तो अवस्थामा रहेका छन कि तपाईले कहिल्यै पनि कल्पना पनि नगर्नू भएको हुन सक्ला। शायद उनीहरूले आफ्ना अध्ययनलाई छोडेर रक्सी वा लागु औषधको शिकार भएका होलान्‌। तपाईका सबै तालीमहरू बेकार भएको जस्तै देखिरहन्‌ भएको होला। तपाईले उनीहरूका जीवनमा गर्नुभएका सबै कठिन परिश्रमहरू बेकार भएर गए भनेर तपाईले सोचिरहन्‌भएको होला। तपाईका सन्तानहरूका लागि तपाईले आफ्नो आशालाई त्यागिदिने तर्खरमा हुनुहुन्छ होला। म तपाईंहरूलाई उत्साह दिँदैयो भन्न चाहान्छु, “आशा नत्यारनुहोस्‌।” परमेश्वरको वचनले यसरी भन्दछ

“परमपभ्‌को पशंसा गर। मेरो सारा हृदयले, सोभा मानिसहरूको सभामा र समुदायमा पनि म परमप्रभुलाई उच्च पार्नेछु। परमप्रभुका कामहरू महान्‌छन्‌; तिनमा प्रसन्न हुनेहरू सबैले तीमाथि चिन्तन-मनन गर्छन (भजन ११२:१,२)॥”

तपाईले परमेश्वरलाई यसरी भन्न सक्नुहुन्छ: “मैंले तपाईको वचनमा आशा राखिरहेको छु। तपाईको वचनले बताउँछ कि तपाईका सन्तानहरू यस पृथ्वीमा शक्तिशाली हुनेछन्‌।” उनीहरूले परमेश्वरको राज्यको लागि केही गर्नेछन। उनीहरूका समय यस पृथ्वीमा खेर जानेछैन्‌। उनीहरूले परमेश्वरको लागि प्रभाव पार्नेछन्‌।

“तेरा सबै छोराहरू परमपभ्‌ द्वारा सिकाइनेछन्‌, अनि तेरा छोराछोरीहरूको शान्ति प्रशस्त हुनेछ (यशैया ५४:१३)”

माथि दिइएको पद तपाईको आशाको निम्ति आधार भएको होस्‌। आशा गरि रहनुहोस्‌ आज तपाईले भनेको कुराहरूमा तपाईका सन्तानहरूले बहिरो कान फर्काइ रहेका होलान, तर तपाईले अझै परमेश्वरको वचनमा निराशामा पनि आशा गर्न सक्नुहुन्छ।

चङ्गाईको निम्ति आशा

तपाईमध्ये कति रोग वा विमारीले ग्रसित हुनुभएको होला र तपाईका डाक्टरहरूले अब कुनै आशा छैन भनेर भनेका होलान्‌। तर परमेश्वरको वचनले यसरी भनेको छ:

“जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्छ (भजन १०३:३)”

यो नैतपाईसँग भएको आशा हो। तपाईको आशालाई जीवित राख्नुहोस्‌ बाइबलले भनेजस्तै तपाईले आफैलाई चङ्गाई पाएको कल्पना गर्नुहोस्‌

“आफ्नै दृष्टिमा बुद्धिमान्‌नबन्‌, परमेश्वरको भय मान्‌र दृष्कर्मलाई त्याग यसले तेरो शरीरलाई स्वस्थ्य तुल्याउनेछ र तेरा हीको लागि पोषण दिनेछ (हितोपदेश ३:७८)”

परमेश्वरप्रतिको तपाईको भक्तियुक्त भयले तपाईको शरीरमा चंङ्गाई ल्याउँछ।

परमेश्वर र उहाँको वचनको कारणले आशाविहिन अवस्थामा पनि तपाईले आशा राख्न सक्नुहुन्छ ।

६ आशाविहिन परिस्थितिको माझमा मैंले के गर्न सक्छु?

जसरी लेखिएको छ: “मैंले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु जुन परमेश्वरको उपस्थितिमा उनले विश्वास गरे, जसले मरे काहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका कुरालाई अस्तित्वमा ल्याउनुहुन्छ। जसले 'तेरो सन्तान यस्तै हुनेछ' भनी भनेका हुनाले धेरै जातिहरूका पिता हुनलाई निराशामा पनि आशा राखेर विश्वास गरे। प्राय: सय वर्ष पुगिसकेका अबाहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझी भएको बुझेर पनि विश्वासमा कमजोर भएनन्‌। परमेश्वरको प्रतिज्ञाबारे कुनै पनि शङ्गाले अब्राहामलाई डगमगाउन सकेन, बरु आफ्नो दहिलो विश्वासद्वारा उनले परमेश्वरलाई महिमा दिए। प्रतिज्ञा गर्नुभएका कुरा परमेश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्राहामलाई पूरा निश्चय थियो (रोमी ४:१७-२१)”

आशाविहिन अवस्थाको मध्यस्थमा भएको बेला परमेश्वरले परिस्थितिलाई परिवर्तन गर्न सक्नको लागि हामीले के गर्छौ? अबाहामको जीवनबाट हामीले कस्तो पाठ सिक्न सक्छौं? परमेश्वरले उनको जीवनको आशाविहिन अवस्थालाई परिवर्तन गर्नको लागि उनले के गरे? बाइबलले बताउँछ कि निराशाको समयमा पनि अब्राहामले विश्वास गरे ताकि उनलाई जे प्रतिज्ञा गरिएको थियो त्यो पूरा भएको हुन सकोस्‌ (रोमी ४:१८) परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ त्यो पूरा भएर आउँछ भनेर के तपाईंले विश्वास गर्न सक्नुहुन्छ? उदाहरणको लागि परमेश्वरको वचनले यसरी भनेको छ: “तिमीहरूले जे पनि गर्दछौं त्यो उनन्तशील हुनेछ” अनि तपाईले त्यो विश्वास गर्नुपर्दछ। के तपाईले त्यो विश्वास गर्नुहुन्छ?

परमेश्वरले तपाईको बारेमा जे बोल्नुभएको छ त्यसैअनुसार तपाईं हुनुहुनेछ भन्ने आशामा विश्वास राख्नुहोस्‌।

परमेश्वर र उहाँको वचन एकै छन्‌। उहाँको वचनमा विश्वास राख्नु भनेको उहाँमा विश्वास राख्नु हो। तपाईले सबै किसिमका निराशामा पनि विश्वास गर्न सक्नुपर्दछ। त्यसैकारणले परमेश्वरले जे कुरा प्रतिज्ञा गर्नुभएको छ तपाई त्यो भएर निक्लनुहुनेछ भनेर निराशाको समयमा पनि विश्वास गर्न सक्नुपर्दछ आशा नत्याग्नुहोस्‌।

तपाईको विश्वासलाई आशाविहिन परिस्थितिले स्तब्ध पार्न नदिनुहोस्‌

“प्राय: सय बर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्वासमा कमजोर भएनन्‌” (रोमी ४:१९) उनको शरीरको अवस्था र वरिपरिको परिस्थितको कारणले उनको विश्वासलाई कमजोर पार्ने अनुमति उनले दिएनन्‌। तपाईको वरिपरि भएको आशाविहिन परिस्थितिले तपाईको विश्वासलाई कमजोर नपारोस्‌। वरिपरि हेर्दै “यो मरमत गर्न सकिँदैन” भनेर कहिल्यै नभन्नुहोस्‌।

तरैपनि, यहाँ तपाईलाई वरिपरिको परिस्थितिलाई इन्कार गर्नुपर्दछ भनेर भन्न खोजिएको पनि होइन। केवल तपाईको वरिपरिको परिस्थितिको यर्थाथताले तपाईको विश्वासलाई कमजोर पार्न नदिनुहोस्‌ भनिएको मात्र हो। यसको सट्टामा तपाईंले प्रतिज्ञा गरिएको व्यक्ति भएर निक्लेको तस्विलाई कल्पनाको तस्विर कोर्ने टाटमा कोर्नुहोस्‌| उदाहरणको लागि तपाईले आफैलाई पूर्ण रुपमा चंङ्गाई भएको, जीवनमा सफलता पाएको, वैवाहिक जीवनमा चङ्गाई र पुर्नमिलाप भएको, तपाईका आफ्ना सन्तानहरूले परमेश्वरको मार्गमा हिँड्दै उहाँका सेवा गरेको आदि देख्नुहोस्‌। परमेश्वरको वचनको आधारमा यस्ता तस्विर कोर्नुहोस्‌ र तिनमा प्राय: हेर्नेगर्नुहोस्‌।

एक साँझ, परमेश्वरले अब्राहामलाई उनको तम्बूबाट बाहिर निकाल्नु भई आकाशमा भएका ताराहरूलाई हेर्न लगाउनुभयो। अनि उहाँले तिनलाई भन्नुभयो, “त्यसरी नैतिम्रा सन्तानहरू पनि हुनेछन्‌” (उत्पत्ति १५:५) त्यसपछि अब्राहामले परमेश्वरले गर्नुभएको प्रतिज्ञाको तस्विरलाई उनको विचारमा राखेका थिए। अनि उनले आफ्ना सन्तानहरूलाई आकाशका ताराहरू जस्तै असंख्खीय देख्न सक्षम भएका थिए। अब्राहामले हरेक पटक आफ्नो शरीरको मरेतुल्य अवस्था तथा उनको पत्नीको बाँझो कोखलाई हेर्दथे, उनले परमेश्वरको प्रतिज्ञा आकाशका ताराहरू र समुन्द्रका बालुवाहरू जतिकै सन्तानहरू दिनेछु भन्ने क्राद्वारा आफैलाई स्मरण गराउँथे।

धेरै पटक मैंले आफैलाई हजारौं मानिसहरूका बीचमा परमेश्वरको वचनको सेवकाइ गरेको तस्विर देख्छु। मैंले हाम्रो स्थानीय मण्डलीलाई हाम्रो शहरको पाँचओटा विभिन्न स्थानहरूमा हरेक स्थानमा भएको झृण्डमा हजारौंका संख्या भएको तस्विर देख्छु त्यसेकारणले आईतबारको दिनमा मेरो मण्डलीमा भएका रित्तो मेचहरूले मेरो विश्वासलाई कमजोर तुल्याउँदैन किनकि मेरो विवेकमा अन्तिम गन्तव्यको तस्विर रहेको छ। तपाईको वर्मान अवस्था जस्तोसुकै भए तापनि, तपाईको अन्तिम गन्तव्यको तस्विरलाई मनमा लिँदै निरन्तर रुपमा आशा गर्नुहोस्‌

सङ्कल्प र सहनशीलता प्रर्दशन गर्नुहोस्‌

अब्राहामको जीवनबाट हामीले निरीक्षण गर्ने अर्को कूरा भनेको उनी “अविश्वासमा डगमगाएनन्‌” (रोमी ४:२०) भन्नु हो। उनी परमेश्वरको प्रतिज्ञामा ठोकिएनन्‌। उनले सङ्कल्प र धैर्यतालाई प्रस्तुत गरे। आशाको साथमा अर्को अतिनै महत्वपूर्ण कुरा भनेको सङ्कल्प र धैर्यता हो। रोमी ८:२४९मा यसरी भनिएको छ: “तर यदि हामीले नदेखेका कुराको आशा गर्छौं भने त दृढतापूर्वक त्यसैको बाटो हेर्दछौ।” हामीमध्ये धेरैले थुप्रै कुराको आशा गर्ने भए तापनि, हामीले ती तुरुन्तै पूरा भएको चाहना गर्दछौँ। तर शास्त्रले हामीलाई हामीले नेदेखिएको क्रालाई धैर्यतासाथमा प्रतिक्षा गर्ने सल्लाह दिएको छ। त्यसैले सजिलैसँग हरेस खाएर त्यागी नहाल्नुहोस्‌। धैर्यतासाथ प्रतिक्षा गर्नु होस्‌। प्रेरित पावलले यसरी भन्छन्‌:

“हाम्रा परमेश्वर र पिताको सामुन्ने हाम्रा प्रभु येशू खीष्टको विषयमा तिमीहरूको विश्वासको काम, प्रेमको परिश्रम र आशाको धैर्यनिरन्तर सम्झ (१ थेस्सालोनिकी १:३)”

आशा धैर्य हुन्छ ! परमेश्वरको वचनमा आधारित उत्तम आशा धैर्य हुन्छ।

“चुपचाप परमप्रभुको उद्धारको प्रतीक्षा गर्नुअसल कुरो हो (विलाप ३:२६)”

जब तपाईसँग साँचो आशा हुन्छ, तव त्यहाँ शान्ति, स्थिरता र धैर्यता हुन्छ। जे हुन आउँदैछ सो तपाईले थाहा पाउनुहुन्छ र तपाई विचलित, अस्तव्यस्त, उत्तेजित हुनुहुने छैन र तपाईले चाहनुभएको करालाई प्राप्त गर्नको लागि सबैलाई पन्छाउने जस्ता कुरा गर्नुहुने छैन। यसको सट्टामा तपाई शान्त हुनुहुनेछ किनकि तपाईले विश्वास गरेको कुरा पूरा हुनेछ भनेर तपाईलाई थाहा छ। अनि तपाई सङ्कल्पित हुँदैधैर्यतासाथ प्रतिक्षा गर्नुहुनेछ परमेश्वरको वचनमा निरन्तर रुपमा आज्ञाकारी भएर सङ्कल्पलाई प्रर्दशन गरिन्छ। सजिलो मार्गलाई लिने चेष्टा नगर्नुहोस्‌। यसले समस्यालाई झन जटिल मात्र पार्दछ।

तपाईको आनन्दलाई स्थिर राख्नुहोस्र परमेश्वरलाई प्रशंसा गर्नुहोस्‌

अबाहामले परमेश्वरलाई महिमा दिए (रोमी ४:२०)॥ जब तपाईसँग आशा हुन्छ, तपाईसँग आनन्द पनि हुन्छ। परमेश्वरको वचनमा भनिएको कुरामा तपाईको आशा भएको कारणले, तपाईले आनन्द मनाउन सक्नुहुन्छ। परिस्थितिको कारणले पनि आनन्द हुने समयहरू हुन्छन्‌। तर आशाको कारणले पनि आनन्द पाउने समयहरू पनि रहेका हुन्छन्‌। स-साना बच्चाहरू आफ्ना जन्म-दिन आउँदा कतिको उत्सुक हुन्छन्‌, तपाईहरू अभिभावक हुनुहुन्छ भने तपाईंहरूलाई निश्चयनै थाहा होला। जब रुथ हाम्रो छोरीले भर्खरै उनको जन्मदिन मनाइन, तब उनले अघिल्लो हप्तादेखिनै यसको प्रतिक्षा गर्दै बसेकी थिइन्‌। उनी “आशामा आनन्दित” भएकी थिइन्‌। उनी साँच्चिकै धेरै उत्सुकतापूर्ण थिइनर उनको जन्म-दिनको अघिल्लो रातमा उनले मलाई यसरी, “बाबा जब म भोलि उठ्छु, तपाईले मलाई शुभ प्रभात जन्मदिन भएको केटी" भनेर भन्नु भनिन्‌। भोलिपल्ट जन्म-दिन मनाउने यथाथताले आजनै उनमा आनन्द छाएको थियो। अझैसम्म उनको जन्म- दिन भइसकेको थिएन्‌, तर उनको आशाले उनलाई आनन्द दिलाएको थियो। इसाई भएको हुनाले हामी आशामा आनन्दित हुन्छौं। परमेश्वरले नै सबै कुराहरूलाई परिवर्तन गरिदिनुहुने र हाम्रा अवस्थाहरूलाई परिवर्तन गरिदिनुहुनेछ भन्ने कुरामा हामी आनन्दित हुनेछौँ। हामी आशामा आनन्दित हुनेछौँ।

“अब आशाका परमेश्वरले तिमीहरूलाई विश्वासमा आनन्द र शान्तिले भरिदेङन्‌, यसैले कि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुँदै जान सक (रोमी १५:१३)”
“आशामा आनन्द गर, सङ्गष्टमा दृढ बस। प्रार्थनामा निरन्तर लागिरहो (रोमी १२:१२)”

हामी आशामा भरिपूरी हुनसक्छौं र आशाको परमेश्वरले हामीमा आनन्द र शान्तिले भर्नुहुन्छ। जब हामी विश्वास गर्छौ, तव हाम्रो जीवनमा आनन्द र शान्ति हुन्छ। कहिलेकहीँ जब प्रतिक्षा अति लामो हुन्छ, मानिसहरूले उजुर ॥ गर्न र बर्बराउन थाल्दछन। त्यसबेला उनीहरूले के गर्नु आवश्यकता पर्दछ भने, आशाको तस्विरलाई स्थिर राख्नुपर्दछ। वर्तमान परिस्थितिको कारणले बेचैनी हुनुको सट्टामा आशाको तस्विरलाई कायम राख्न सक्नुपर्दछ।

“हे मेरो प्राण, तँ किन उदास हुन्छस्‌?ः र मेरो अन्तस्करणमा तँ किन यति व्याकूल हुन्छस्‌? परमेश्वरमा आशा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछ उहाँ मेरो उद्घारक र मेरो परमेश्वर हुनुहुन्छ (भजन ४२:५)”
“तर मचाहिँ निरन्तर आशा गरिरहनेछु; अझ धेरै तपाईको प्रशंसा गर्नेछु (भजन ७१:१४)”

जब कसैसँग आशा हुन्छ, तब उसले आनन्द गर्नसक्छ र परमेश्वरको प्रशंसा गर्नसक्छ। शायद तपाईले अहिले यो पढिरहनुभएको छ र तपाइ साँच्चिकै आशाविहिन परिस्थितिमा परिरहनुभएको होला अनि यसरी भनिर हनुभएको होला: "कसरी म खुशी हुनसक्छु?” बाइबलले बताउँछ, “आशामा आनन्दित होओ !” कसरी हामी परमेश्वरलाई प्रशंसा गर्नसक्छौँ ? हामीसँग भएको आशाको कारणले हामीले परमेश्वरको प्रशंसा गर्न सक्छौं। आज सबै कुराहरू खराब देखिएलान्‌। आज परिस्थितिहरू कठिन होलान्‌। तरपनि तपाईले परमेश्वरको प्रशंसा गर्न सक्नुहुन्छ किनकि यी कुराहरू सदासम्म रहनेछैनन्‌। बाइबलको परमेश्वर मात्र साँचो परमेश्वर हुनुहुन्छ जसले आशाविहिन

परिस्थितिलाई परिवर्तन गर्न सक्नुहुन्छ। अनि उहाँले तपाईको लागि त्यो गर्नुहुनेछ। तपाईको आशालाई जीवित राख्नुहोस्‌। आशामा विश्वास राख्नुहोस्‌

हामीले गाउँने गरेको एउटा गीत रहेको छ। यो गीतको शब्दहरू साच्है नै उत्सावर्दक छन्‌

परसेश्वरको प्रशंसा

जब शैतानको प्रदर्शनी योजनाद्वारा तपाईंका सबै सपनाहरु टुक्रिएको र आशाहरु निर्देवीयाथ कृुल्चिएको देख्नुहुन्छ अनि आफैभित्र संसारको डरसा समर्पित हुने अनुरोधलाई सहशृश गर्नुहुन्छ, तब तपाईं सङ्घर्षको लागि खडा हुनुहोस्‌ र तपाईं आफै अडित विश्वासलाई हराएर जान नदिनुहोस्‌

(कोरस)

परमेश्वरको प्रशंसा होस्‌ किनकि उहाँका प्रशंसाकद्वारा नै उहाँले कास गर्नुहुन्छ परसेश्वरको प्रशंसा होस्‌ किनकि उहाँमा प्रशंसा छ जब तपाईंले प्रशंसा गर्नुहुन्छ, तपाईंलाई बाँधिएका साङ्लाहरु शक्तिविहिन भएर फुकालिनेछन्‌ हामी राजाका सन्तान भए तापनि उसले हामी कङ्गाल भएको सोच्न लगाउँछ किनकि शैतान झुटा छ त्यसैकारणले विश्वासको शक्तिशाली ढाल उठाउनुहोस्‌ किनकि हामी जान्दछौं युद्ध जितिएको छ ख्रीष्ट बौरिउठन्‌ुभएको छ अनि काम अघिबाटै पूरा भएको छ

©Imperials’ album HEED THE CALL released on Dayspring (Word) 1979 Words and Music by Brown Bannister and Mike Hudson

हुनसक्ला तपाईले यो पुस्तक पढ्दै हुनुहुन्छ र यसरी भन्नुहुँदैछ, “म एकदमै आशाविहिन परिस्थितिमा छु” त्यो तपाईको विवाह, घर, सन्तान, आर्थिक अवस्था, काम, पेशा वा व्यवसाय हुनसक्ला- त्यो जीवनको कुनै पनि कृरा हुनसक्ला। हामी सबैले यस्तो किसिमको परिस्थितिलाई सामना गर्दछौँ। म तपाईलाई उत्साह दिन चाहान्छु- आशा नगुमाउनुहोस्‌। तपाईले आशा नगुमाउनुहोस्‌ भन्ने कुरा महत्वपूर्णछ। जब तपाईले आशा हराउनुहुन्छ, तपाईको भित्री मान्छे कमजोर हुन्छ। जब तपाईले आशा हराउनुहुन्छ, तब तपाई लङ्गरविनाको जहाज जस्तै हुनुहुनेछ त्यसपछि तपाईंड्ब्न थाल्नुहुनेछ। जब तपाईले आशा गुमाउनुहुन्छ, तब विश्वासको अभ्यास गर्नकठिन हुन्छ किनकि आशाविना तपाईसँग विश्वास हुन सक्दैन्‌।

परमेश्वर र उहाँको वचनमा आशा राख्नुहोस्‌ तपाईको जीवनमा परमेश्वरले बोल्नुभएको कृ्रालाई पूर्नःस्मरण गर्नुहोस्‌ तपाईको घर र विवाहसम्बन्धी परमेश्वरको प्रतिज्ञा के रहेको छ? तपाईले पाउनुभएको प्रतिज्ञालाई पक्रिराख्नुहोस्‌ उहाँको वचन तपाईको आशाको कारण हुन सकोस। तपाईको परमेश्वरले भन्नुभएको कारणले तपाईको परिस्थिति परिवर्तन हुनेछ भनेर अझै तपाईले आशा राख्न सक्नुहुन्छ। परमेश्वरको प्रतिज्ञा जब पूरा हुनेछ तब कस्तो हुनेछ होला? कल्पना गर्नुहोस्‌। यसले तपाईलाई तपाईको आशालाई जीवित राख्नमा मदत गर्नेछ।

“हामीभित्र काम गर्ने उहाँको शक्तिअन्‌ सार हामीले मागेका वा चिताएकाभन्दा प्रशस्त मात्रामा गर्न उहाँ सक्षम हुनुहुन्छ (एफिसी २३:२०)”

> परमेश्वरले जे बोल्नुभयो त्यसैअनुसार तपाई हुनुहुनेछ भनेर आशामा विश्वास राख्नुहोस्‌ > आशाविहिन परिस्थितिले तपाईको विश्वासलाई स्तब्ध नपारोस्‌। > संड्कल्प र धैर्यतालाई प्रदर्शन गर्नुहोस्‌ > तपाईको आनन्दलाई कायम राख्नुहोस्र परमेश्वरको प्रशंसा गर्नुहोस्‌।

७ के तपाईलाई प्रेम गर्न परमेश्वरलाई तपाईले चिन्तुभएको छ?

करिब २००० वर्ष अघि परमेश्वर यस संसारमा मान्छेजस्तै भएर आउनुभयो। उहाँको नाउँ येशू हो। उहाँले सिद्ध रुपमा पाप रहित जीवन बिताउँनुभयो। येशू शरीरमा देखिनुभएको परमेश्वर हुनुभएको हुनाले, उहाँले भन्नुभएको र गर्नुभएको सबै कुराहरूले परमेश्वरलाई हाम्रो समक्ष प्रकट गर्नुभयो। उहाँले बोल्नुभएको वचन नै परमेश्वरको वचन थियो। उहाँले गर्नुभएका कार्यहरू नै परमेश्वरका कार्यहरू थिए। येशूले पृथ्वीमा थुप्रै अच्चमका कामहरू पनि गर्नुभयो। उहाँले रोगी र सताइएकाहरूलाई चंङ्गाई गर्नुभयो। उहाँले अन्धोहरूका आँखा खोलिदिनुभयो, बहिरा कानहरूलाई खोलिदिनुभयो, लङ्गडाहरू हिँड्न सक्ने बनाउनुभयो र थुप्रै किसिमका रोगहरू तथा विमारीहरूलाई चङ्गाई गर्नुभयो। उहाँले केही रोटीहरूलाई अलौकिक क्रियाद्वारा धेरै बनाउँदै भोकाहरूलाई दिनुभयो भने, आँधिबेहरीलाई शान्त पार्दै थुप्रै अरु असल कुराहरू पनि गर्नुभयो।

यी सबै कुराहरूले परमेश्वर असल हुनुहुन्छ र उहाँले आफ्ना जनहरू राम्रो, असल, स्वस्थ्य र खुशी रहेको चाहानुहुन्छ भनेर हामी समक्ष प्रकाश पार्दछ। परमेश्वरले मानिसहरूका आवश्यकतालाई पूरा गर्न चाहानुहुन्छ

त्यसोभए किन परमेश्वरले मानिस भएर हाम्रो संसारमा प्रवेश गर्ने निर्णय लिनुभयो तः येशू किन आउनुभयो?

हामी सबैले पाप गरेका छौं र हामीलाई सृष्टि गर्नुहुने परमेश्वरका अगि ती कुराहरू स्वीकारयोग्य छैनन्‌। पापको परिणामहरू रहेका छन्‌। पाप भनेको परमेश्वर र हामीबीच भएको ठूलो पार गर्न नसक्ने पर्खाल हो। पापले हामीलाई परमेश्वरबाट अलग गर्दछ। यसले हामीलाई हाम्रो सृष्टिकर्तासँग अर्थपूर्ण सम्बन्ध राख्न र उहाँलाई जान्ने क्राबाट बञ्चित गराउँछ। त्यसैकारणले धेरैले यो रिक्ततालाई अन्य कुराहरूले भर्ने चेष्टा गर्दछ

हाम्रो पापको अर्को परिणाम भनको परमेश्वरबाट अनन्तको लागि अलग हुनुहो। परमेश्वरको न्यायलयमा, पापको ज्याला मृत्यु हो। मृत्यु भनेको परमेश्वरबाट अनन्तको लागि अलग हुने नरकमा जानु हो।

तर असल खबर यो कि हामी पापको बन्धनबाट स्वतन्त्र हुँदै परमेश्वरसँग पुर्नमलनमा आउन सक्छौँ। बाइबलले यसरी बताउँछ, "किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैँको वरदान खीष्ट येशु, हाम्रा प्रभुमा अनन्त जीवन हो (रोमी ६:२३)” जव येशू खीष्टमा मर्नुभयो, उहाँले सम्पूर्ण संसारको पापको ज्याला तिरिदिनुभयो। त्यसपछि तीनदिन पछि उहाँ फेरि जीवित हुनुभयो, धेरैलाई आफू जीवित भएको देखाउनुभयो अनि स्वर्गमा जानुभयो।

परमेश्वर प्रेम र दयाको परमेश्वर हुनुहुन्छ। उहाँले कोही पनि नरक गएको चाहानुहुन्न्‌। अनि यसरी उहाँ सम्पूर्ण मानवजातिलाई पापको बन्धन र यसको परिणामबाट छुटकारा दिने मार्ग प्रदान गर्न आउनुभयो। उहाँ पापीहरूलाई बचाउन आउनुभयो। तपाई र म जस्ता मानिसहरूलाई पाप र अनन्तको मृत्युबाट बचाउन आउनुभयो।

यी पापहरूबाट सित्तैमा क्षमा पाउनको लागि, हामीले एउटै मात्र कुरा गर्नुपर्दछ भनेर बाइबलले बताउँछ अनि त्यो : येशू खीष्टले कूसमा गर्नुभएको कामलाई स्वीकार गर्दै सम्पूर्ण हृदयले उहाँमाथि विश्वास गर्नुहो।

“उहाँमा विश्वास गर्ने हरेक मानिसले आफ्नो पापबाट उहाँकै नाउँद्वारा क्षमादान पाउँदछ (प्रेरित १०:४३)”
“किनकि यदि तिमीले येशूलाई प॒भु हो भनी आफ्नो मुखले स्वीकार गर्यौं र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौं भने तिमीले मुक्ति पाउनेछौं (रोमी १०:९९)”

यदि तपाईंले प्रभु येशू खीष्टलाई विश्वास गर्नुभयो भने, तपाईले पनि तपाईका पापहरूबाट क्षमादान पाउँनुहुन्छ र तपाई शुद्ध हुन सक्नुहुन्छ।

निम्नलिखित प्रार्थना येशू खीष्टले तपाईको लागि कृूसमा गर्नुभएको कार्यमाथि विश्वास राख्न निर्णय लिनलाई सहायता पु-याउने सरल प्रार्थना हो। यो प्रार्थनाले तपाईको निम्ति खीष्टले गर्नुभएको कुरालाई तपाईले स्वीकार गर्नुभएको कुरा प्रकट गर्न सहायता गर्दछ र तपाईले आफ्ना पापहरूबाट क्षमादान पाउनुभएको तथा शुद्ध हुनुभएको निश्चयता पनि दिलाउँछ। यो प्रार्थना केवल तपाईको निम्ति निर्देशन मात्र हुन्‌। तपाईको आफ्नै शब्दहरूमा पनि तपाईंले प्रार्थना गर्न सक्नुहुन्छ।

प्यारो प्रभु येशू आज सैँले तपाईंले सेरो निम्ति दूसमा गर्नुभएको कृरालाई बुझेको छु तपाईं सेरो लागि सर्नुभयो: तपाईंले तपाईको बहुमूल्य रगत मेरो पाप र त्यसको परिणासको लागि बगाउनुभयो र यसरी मैंले क्षमा पाउन सकेको छु। बाइबलले सलाई यो बताउँछ कि जो कसैले तपाईमाथि विश्वास गर्छन तिनीहरूले उनीहरूका पापहरूबाट क्षमा पाउनेछन्‌।

आज नै स तपाईंलाई विश्वास गर्ने निर्णय गर्दछु र तपाईं मेरो लागि. दूसमा सर्नुभएको र फेरि मृत्युबाट जीवित हुनुभएको कुरालाई स स्वीकार गर्नेछु। मैले मेरा कुनै पनि असल कामहरूद्वारा आफैलाई बचाउन समकिदँन, नता कुनै पनि मानिसले नै मलाई बचाउन सक्दछन भन्ने कुरा मैले जानेको छ। मेरा पापहरूको क्षसादानलाई मैंले कमाउन सक्सिँना

आज म मेरो हृदयमा विश्वास गर्दै मुखले भन्छु कि तपाईं मेरो लागि मर्नुभयो, सेरो पापहरूका दण्डलाई तपाईंले तिरिदिन्‌भयो, मृत्युबाट पुर्नवजीवित हुनुभयो र मेरो विश्वासद्वारा मैले क्षमादान र शृद्ध हुन सक्नेछु।

धन्यवाद येशू तपाईंलाई प्रेस गर्न, अझ धेरै तपाईंबारे जान्न र सधै तपाईंको विश्वायनीय भएर रहन सक्ने मलाई बन्तनमा सहायता गर्नुहोस्‌! आमेन्‌।